१ जेष्ठ २०८१, मंगलवार

मतभार बचाउँदै बैजनाथ गाउँपालिकामा नेकपा एमाले
  • रबि रोकाया

बाँके\ स्थानीय तहको निर्वाचन नजिकै गर्दा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला तहमा नेकपा एमालेले आफ्नो क्रियाशिलता बढाएको छ।
दैनिक जस्तो पार्टी प्रवेश पार्टीका भातृय संगठन वडा तह हुदै पालिका र जिल्ला र प्रदेश तहमा पुर्याएको छ।केन्द्रिय सदस्य सुर्य ढकालले पार्टी प्रवेश गराउदै नेकपा (एस) पार्टीका जिल्ला सदस्य विष्णु कान्त आचार्य

नेकपा एमालेको २३ वटा (१) थप गरी भातृय संगठन विस्तार वडा तहमा विस्तार गरिएको नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकालले बताएका छन।

जिल्ला अध्यक्ष कक्षपति बाट बैजनाथमा पाटी प्रवेश गर्दै स्थानीय

उनले पार्टी फुटको खासै असर नरहेको, एमालेको सरकार हुँदा नागरिकको पक्षमा काम गरेको, गठबन्धन सरकारले विकास निर्माणका काम गर्न नसकेको लगायतका विषयलाई आँकलन गर्दा एमालेले चुनावमा बहुमत ल्याउने दावि समेत गरेका छन।

पार्टी प्रवेश गराउने प्रदेश कमिटी सदस्य घननाथ खनाल

हालै एमालेका केन्द्रिय कमिटीको बैठकमा प्रदेश अध्यक्षहरु रिपोर्टिङ समेत गरेका छन। लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँणेलले १ सय ९ स्थानीय तह मध्ये ६२ स्थान जित्ने दाबी गरे । उनले अहिले ९ वटा जिल्लामा एमाले पहिलो स्थानमा रहेको बताए ।

पार्टी प्रवेश गराउदै जिल्ला सचिव रत्न खत्री बैजनाथ गाउँपालिका अध्यक्ष लगाएत नेताहरु।

त्यसैगरी २ वटा माओवादी र १ वटामा कांग्रेस पहिलो स्थानमा रहेको थियो । पछिल्लो समयमा लुम्बिनी प्रदेशमा १० हजार बढी भन्दा मानिस पार्टीमा प्रवेश गरेपनि २७ वटा स्थानीय तहमा एमाले कमजोर रहेको जानकारी गराएका थिए ।

पार्टी प्रवेश गराउदै केन्द्रिय सदस्य ढकाल पार्टी प्रवेश गदै नेकपा एस पालिका सचिव कंचन

गत स्थानीय तहको चुनावमा एमालेले १६ मेयर, १७ उप मेयर, २७ गाउँपालिका अध्यक्ष र ३० उपाध्यक्षमा जित हासिल गरेको थियो । अघिल्लो चुनावमा एमालेले ४ उप महानगरपालिका मध्ये ३ वटा जितेको थियो ।

पार्टी प्रवेश गराउदै केन्द्रिय सदस्य, प्रदेश कमिटी सदस्य ,जिल्ला अध्यक्ष ,पालिका कमिटीका पदाधिकारी लगाएतले पार्टी प्रवेश गर्दै नेकपा समाजवादी दलका पालिका अध्यक्ष तथा बैजनाथ गाउँपालिका वडा न ४ का कालि बहादुर सिंह उक्त कार्यक्रममा ७० भन्दा धेरैले पार्टी प्रवेश गरेका थिए ।

यसै गरी बाँकेको बैजनाथ गाउँपालिकामा पछिल्लो समय पार्टी प्रवेश अभियान व्यापक रुपमा संचालन गरिएको छ । जिल्लामा सबै भन्दा बढी पार्टीका गतिविधि यसै स्थानीय तहमा देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले नेपाली काग्रेसका देव बहादुर खत्रीलाई ३ हजार १ सय ९६ मतले पराजित गरेको यस स्थानीय तहमा पछिल्लो समय नेकपा एमाले बाट विभिजित माधव कुमार नेपाल समुहमा आवद्ध हुनेहरुको संख्या धेरै रहेको थियो ।

काग्रेसका प्रवाभ शाली नेता कडेललाई पार्टी प्रवेश गराउदै के.स ढकाल

तर पछिल्लो समय माधव नेपाल समुहले नेतृत्व गरेको नेकपा समाजवादी दलमा लागेका सबै आफ्नो घर फिर्ता भएको र केही हुन बाँकी रहेको नेकपा एमाले पालिका अध्यक्ष इन्द्र थापाको भनाइ रहेको छ ।  यस स्थानीय तहमा पूर्व एमालेका पूर्व राज्य मन्त्री तथा संविधान सभा सदस्य दल बहादुर सुनार अझै नेकपा समाजवादी दलमा नै आवद्ध छन। ‘तर कार्यकर्ता पंत्ति हामी संग जोडि सक्नु भएको छ’ एमाले पालिका सचिव प्रेम सुवेदीले उल्लेख गरेका छन’। पछिल्लो समय नेकपा एमाले बाट बैजनाथ गाउँपालिका वडा न ४ का अध्यक्ष कालि बहादुर सिंह समेत एमालेमा फर्केका छन। भने जिल्ला सदस्य ,पालिका कमिटीका पदाधिकारी लगाएत सयौँ  नेता तथा कार्यकर्ताहरु एमालेमा फर्केको देखिएको छ ।

बैजनाथमा पूर्व एमाले मात्र नभएर नेकपा माओवादी केन्द्र नेपाली काग्रेस ,लोकतान्त्रिक फोरम नेपाल मजदुर किसान पार्टी लगाएतमा बाट समेत पार्टीमा प्रवेश देखिएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा बैजनाथ ५ बाट वडा अध्यक्ष लोकतान्त्रिक फोरम उम्मेदवार कृष्ण चौधरीले समेत नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले बैजनाथ ५ का इन्जार्ज मन बहादुर खत्रीले बताएका छन। स्थानीय तहमा अन्य दलहरुको गठबन्धन बने पनि निर्वाचनमा विजयी हुनका लागि एमालेले दैनिक जस्तो पार्टी प्रवेश लगाएत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

नयाँ मतदाता कस्ले तान्न सक्छ उस्कै विजयी निश्चित हुने सम्भावना 

नयाँ जनगणनाको तथ्याक

२०७८ सालको मतदाताले पनि स्थानीय तहको निर्वाचन प्रभाव हुने देखिएको छ । बाँकेको सबै भन्दा धेरै जनसख्या देखिएको बैजनाथको कूल जनसंख्या ७०हजार ३ सय १५ देखिएको छ । बैजनाथ गाउँपालिकाको पुरानो  जनसंख्या  ५४ हजार १ सय ८ थियो । यसै हेर्ने हो भने १५ हजार ८ सय ९७ मतदाता नयाँ थपिएका छन। उनीहरु सबै युवा पुस्ताका हुन।

बैजनाथ गाउँपालिकको पुनानो तथ्याक

अब हुने स्थानीय निर्वाचन एमाले ,काग्रेस , माओवादी केन्द्र लगाएत दलहरुको मुख्य रणनिति युवा पुस्ताको मत रिजाउने देखिन्छ ।

त्यसको साथ साथै उम्मेदवारमा भर पर्ने स्थानीय बुद्धिजीवि तथा राजनितिक विश्लेषकहरुको बुझाई छ ।

स्थानीय तहको निर्वाचनमा सबै भन्दा बढी बौद्धिक मतले प्रभाव पारको देखिन्छ ।

बौद्धिक मत ल्याउन मुख्यतया उम्मेदवारमा भर पर्ने हुनाले समेत स्थानीय तहको निर्वाचनमा सामाजिक जीवनमा छवि राम्रो हुनुको साथै उम्मेदवारको आवरणमा भर पर्न र स्थानीय हुनुको साथै भूगोल लाई समेत ध्यान दिएको देखिन्छ पाईन्छ।

गाउँपालिकामा २ वटा वडाहरु विजयी हात पारेको नेपाली काग्रेस पछिल्लो समय टोल कमिटी वडा कमिटी हरु निमार्णमा जुटेको छ ।बैजनाथ गाउँपालिका वडा न ७ र ८ विजयी निकालेको काग्रेसले अब हुने निर्वाचनमा रणनितिक योजनाका साथ अगाडी बढ्ने रणनितिक अख्तियारी गरेको छ ।

खास गरी नेपाली काग्रेस परित्याग गरी एमालेमा प्रवेश भएको आफ्नो नेता कार्यकर्ताहरुलाई फिर्ता लग्ने र नयाँ लाई पार्टीमा प्रवेश गर्ने अभियानमा जुटेको छ । ने

पाली काग्रेस प्रदेश ख का क्षेत्रिय सचिव धिरेन्द्र सिह ठकुरीले बताए अनुसार अहिले नेपाली काग्रेस विशेष अभियानका साथ अगाडी बढेको बताउछन। यसै गरी नेकपा माओवादी केन्द्रले समेत पालिका कमिटी र टोल कमिटी हुदै वडा कमिटी निमार्णमा जुटेको देखिएको छ ।

  • १० चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech