१ जेष्ठ २०८१, मंगलवार

बैजनाथमा एमाले निकट भूपू सैनिकहरुको संगठन निमार्ण
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिकामा भुपू सैनिक सशस्त्र प्रहरी तथा नेपाल प्रहरी संगठन निमार्ण गरिएको छ ।
नेकपा एमालेको भातृय संगठन भुपू सैनिक सशस्त्र प्रहरी तथा नेपाल प्रहरी संगठन गठन गरिएको हो ।

 राम बहादुर चन्द्रको अध्यक्षतामा १९ सदस्य पालिका स्तरीय भुपू सैनिक सशस्त्र प्रहरी तथा नेपाल प्रहरी  संगठनको कमिटी गठन गरिएको नेकपा एमाले पालिका सचिव प्रेम सुवेदीले जानकारी गराएका छन । कमिटी गठन पश्चात नेकपा एमाले प्रदेश कमिटी सदस्य घननाथ खनालले शुभकामना दिदै देशको रक्षा र लोकतन्त्र सवलिकरणमा संगठनले महत्वपूर्ण कामहरु गर्ने विस्वास व्यक्त गरे ।उनले अब हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले लाई विजयी दिलाउन केन्द्रित रहन आग्रह समेत गरेका थिए ।

बैजनाथ गाउँपालिका वडा न ४ का वडा अध्यक्ष तथा भुपू  सैनिक कालि बहादुर सिह पालिका अध्यक्ष थापा , जिल्ला सदस्य माधव रिजाल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रममा नव गठित निर्वाचित भुपू  सैनिक सशस्त्र प्रहरी तथा नेपाल प्रहरी संगठनका अध्यक्ष चन्दले देशको राष्ट्रिय स्वाधिनता र अखण्डताप्रति र लोकतन्त्रको रक्षा केवल एमाले मात्र गर्ने हुँदा अवकाश पछिको जीवन सामाजिक रुपान्तरणमा एमालेको विचार र निष्ठामा शत प्रतिशत आवश्यक महसुन गरेर आफुहरु संगठनमा आवद्ध भएको बताएका छन। बैजनाथ गाउँपालिका पछिल्लो समय नेकपा एमालेले सबै शक्ति भातृय संगठन निमार्ण र पार्टी प्रवेशमा जोड दिइएको छ ।

  • १० चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech