२९ बैशाख २०८१, शनिबार

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदै
  • न्युज मानसराेवर

बाँके\चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार  (आज) नेपाल आउँदै छन् ।

परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्रमन्त्रालयले जनाएको छ।

विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको छ।

नेपाल भ्रमणका क्रममा आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा गृहमन्त्रालयमा छलफल भएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले बताए।

  • ११ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech