१ जेष्ठ २०८१, मंगलवार

यस्ता छन् नेपाल-चीनबीच भएका ९ बुँदे समझदारी
  • न्युज मानसराेवर

काठमाडौँ\नेपाल-चीनको द्विपक्षीय बैठकपछि ९ बुँदे समझदारीमा हस्ताक्षर भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शनिवार सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय बैठकपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यी हुन् नेपाल र चीनबीच भएको ९ बुँदे समझदारी

आर्थिक तथा प्राविधिक सहयोग, नेपाल चीन क्रसबोर्डर रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनमा प्राविधिक सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी, नेपालमा रेल्वे क्षेत्र सहकार्य बढाउने सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।

नेपाल र चीन अन्तरदेशीय विद्युतीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने, नेपालबाट चीनमा घाँस निर्यात गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, मर्मत सम्भार एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण र चिनियाँ स्वास्थ्यकर्मीको टोलीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले बताएको छ ।

त्यसबाहेक, कोभिड-१९ विरूद्धको ४० लाख डोज खोप हस्तान्तरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

द्विपक्षीय बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको १७ सदस्यीय प्रतिनिधि मण्डल बैठकमा सहभागी भएको थियो ।

  • १२ चैत्र २०७८, शनिबार प्रकाशित

  • Nabintech