७ जेष्ठ २०८१, सोमबार

कोहलपुर नगरपालिकाद्धारा आप्रवासी स्रोत उप—केन्द्रको भवन निर्माण
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर नगरपालिका ११ स्थित इलाका प्रशासन भवन नजिकै सुरक्षित बैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत उपकेन्द्रको भवन निर्माण गरी उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गर्दै सेवा सुरु गरिएको हो ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना(सामी र वातावरण तथा ग्रामीण विकास केन्द्रका (इन्रुडेक बाँकेको आयोजनामा सो भवन उद्घाटन कार्यक्रम भएको थियो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) ले बाँके जिल्लामा विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा काम गरिरहेका छ । बाँकेका ८ पालिमा मध्ये ४ पालिकाहरुमा विभिन्न क्षेत्रमा काम गरिरहेको छ । स्वाथ्यका भवन, मनोसामाजिक पराशर्म, साक्षरता कक्षा, बैदेशिक रोजगारमा गएका श्रीमान वा श्रीमती छन भने स्वदेशमा बस्ने व्यक्तिलाई उद्यमी बनाउने, जस्ता अन्य दजर्नौ बढि कामहरु गरिरहेका छ ।

सामी परियोजनाले कम्पनीले काम नदिएको, कम्पनीले खान तथा बस्न नदिएको, करार सम्झौताभन्दा तलब कम दिएको, कम्पनीले काम गरेका अवधिको तलब नदिएको जस्ता समस्याहरुमा समाधान गर्ने काम गर्दछ ।

उद्घाटनको क्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुर नगरबासीहरु बैदेशिक रोजगारमा गएका, जान खोजेका र अलपत्र परेका व्यक्तिहरुलाई सुरक्षित नेपालमा ल्याउन र स्वदेशमै रोजगारीको व्यवस्था गर्ने लगायतको काम गर्ने संस्था कोहलपुरमा आउँदा निकै राम्रो भएको बताएका छन। कोहलपुर नगरपालिका र इन्रुडेक संस्थाको ५०\५० प्रतिशत सो भवन निर्माण भएको रावतले भनाई थियो ।वातावरण तथा ग्रामीण विकास केन्द्रका (इन्रुडेक)बाँकेका अध्यक्ष धर्म रोकायले पछिल्लो समयमा महिलाहरु स्वदेशमा भन्दा बैदेशिक रोजगारमा जाने संख्या बढि रहेको  बताएका छन। रोकायाले त्यसलाई रोक्नका लागि साक्षरता कक्षा दिई गाउँघरमा नै उद्यमी बनाउन लागि विभिन्न क्षेत्रबाट सहयोग गरिरहेको उल्लेख गरेको छन।

  • १४ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech