६ जेष्ठ २०८१, आईतवार

पत्रकार महासंघ स्थापनाको ६७औं वर्षमा प्रवेश
  • न्युज मानसराेवर

बाँके/स्थापनाको ६७औं वर्षमा प्रवेश गरेको छ ।

पत्रकारको हकहितका निम्ति स्थापित महासंघ नागरिक अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता र पत्रकारका हकहित तथा पेशागत मुद्दाका लागि अविछिन्न रुपमा लड्दै आएको छ ।

६७औं वर्षमा प्रवेश गर्दैगर्दा महासंघले तीन तहमा बन्दै गएका कानूनका कतिपय व्यवस्थामा असहमति जनाउँदा त्यसलाई सच्चाउनेतर्फ भन्दा तिनलाई उपेक्षा गर्ने चरित्र राज्यले देखाएको जिकिर गर्दै आएको छ ।

नेपाली प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउने सन्दर्भमा पत्रकार महासंघ गम्भीर रहेको तथा त्यसका लागि आवश्यक कानून बनाउने सन्दर्भमा सकारात्मक रहेको जनाउँदै अध्यक्ष विपुल पोखरेलले नियन्त्रणकारी मनसायका साथ कानून बनाउने खोजिए महासंघले सशक्त प्रतिवाद गर्ने बताए ।

.उनले पुनः महासंघसहित सरोकार पक्षसँग पर्याप्त छलफल र सहमतिमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी सञ्चारसम्बन्धी कानुन निर्माण गर्न आग्रह गरे ।

महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवर्द्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना र आमसञ्चार प्राधिकरणजस्ता निकायको स्थापना गर्नुपर्ने माग गर्दै आएको छ ।

महासंघले पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निःशुल्क उपचारको प्रबन्ध, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका माग पूरा गर्न सरकारसहित सम्बन्धित निकायमा ध्यानाकर्षणसमेत गराउँदै आएको छ ।

  • १६ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech