१ जेष्ठ २०८१, मंगलवार

प्रदेश अस्पतालको ठेक्कामा सेटिङ गरेको भन्दै एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा
  • न्युज मानसराेवर

बुटवल / नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी भ्रष्टाचारको मुद्दामा मुछिएको भन्दै तत्काल राजीनामाको माग गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको सात अर्बको भवन ठेक्कामा सेटिङ मिलाएर निर्लज्ज ढंगले प्रक्रिया अघि बढाउन खोज्नु र मुख्यमन्त्रीको संलग्नतामा हुनु गम्भीर कमजोरी भएको एमालेको ठहर छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा स्वयं मुख्यमन्त्री केसी नै सेटिङमा सहभागी भइ सरकारलाई डेढ अर्ब नोक्सान पुयाउन संलग्न भएको एमालेको दाबी छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनी छनोट मापदण्डदेखि नै सेटिङ रहेको प्रष्ट भएको जिकिर गरेको छ ।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री कुल केसी पदमा बसिरहन नैतिकरूपले नमिल्ने बताए । उनले तत्काल पदबाट राजीनामा दिन आग्रह गरे ।

सरकारका क्रियाकलाप निरन्तर विवादास्पद हुँदै गर्दा प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयालाई हटाएर अनन्तराम घिमिरेलाई नियुक्त गरिएपछि विवादास्पद क्रियाकलापको श्रृंखला सुरू एमालेको भनाइ छ ।

विदेशीसँग जेभी गरेर आउने भए सरकारी अस्पतालमा २ हजार वर्गमिटरभन्दा बढीको २ तले बेसमेन्ट बनाएको हुनुपर्ने, नेपाली कम्पनीले एक्लै प्रतिस्पर्धा गर्ने ६ हजार वर्गमिटरमा २ तले बेसमेन्ट निर्माण गरेको अनुभव हुनुपर्ने जस्ता प्रावधानले डबल बेसमेन्ट अस्पताल बनाएका निजी कम्पनीहरु टेण्डरमा सहभागी हुनबाट वञ्चित गरिएको र भिन्ली मककडिकेटड फ्लोरिड काम गरेको हुनुपर्ने, १० जनाभन्दा बढी अट्ने लिफ्ट जडान गरेको योग्यता हुनुपर्ने विषय पनि शंकास्पद र औचित्यहीन देखिएको छ’, एमाले संसदीय दलको विज्ञप्तिमा भनिएको छ ।

साथै घिमिरेको नियुक्तिपछि भएका विवादास्पद क्रियाकलापको बारेमो सोमवार पदबाट राजीनामा दिँदा सार्वजनिक गरेको प्रेस विज्ञप्तिले धेरै विषयलाई स्पष्ट पारेको एमालेले जनाएको छ ।

प्राधिकरणका कार्यकारी अधिकृत घिमिरेले अस्पतालको भवन निर्माण ठेक्कामा सेटिङ भएकोले ठेक्का प्रक्रिया खारेज गर्दै राजीनामा दिएको घोषणा गरेका थिए ।

  • १६ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech