१५ चैत्र २०८०, बिहीबार

२३ गते बाट बैजनाथमा टाईफाईड विरुद्धको खोप अभियान संचालन हुने
  • न्युज मानसराेवर

बैजनाथ\बैजनाथ गाउँपालिकामा २३ गते बाट टाइफाइड विरुद्धको खोप अभियान संचालन गरिने भएको छ ।


बैजनाथ स्वास्थ्य शाखाले आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै टाइफाइडविरुद्धको खोप अभियान २३ गते देखी २८ गते सम्म  अभियान संचालन हुने जानकारी गराएका हो । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत खोप लगाइने छ बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले भनेका छन ।

अन्तरक्रिया कार्यक्रममा बैजनाथका सबै वडाका विद्यालय जाने कूल १७ हजार ४ सय ९९ जना र विद्यालय बाहिर रहेका विद्यार्थी अन्य उमेर समुहका गरी कूल १९ हजार १ सय ६७ जनालाई खोप अभियानमा समामेल गरिने बताइएको छ ।अन्तरक्रिया कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले अभिभाव शिक्षा र खोप अभियानको प्रभावकारीता बारे आम जनसमुदायलाई सहजीकरण गरिने उल्लेख गरे । उनले राष्ट्रिय खोप अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको समेत भनेका छन। कार्यक्रममा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले सबै राजनितिक दल पत्रकार नागरिक समाज संघ संस्था कर्मचारी सबै क्षेत्रबाट अभियानमा समन्वय हुने विश्वास ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेबाट पालिका सचिव प्रेम सुवेदी र नेपाली काग्रेस पालिका पार्टी सभापति देव बहादुर केसीले अभियानको सफलताको शुभकामना दिएका थिए ।  अन्तरक्रियामा  प्रहरी संघ संस्था सहकारी अभियान्ता वडा अध्यक्ष कार्यापालिका सदस्य स्वास्थ्यकर्मी पत्रकार लगाएतको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएका थिए । पछिल्लो समय टाईफाईडका विरामी बढे संगै नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले अभियानका रुपमा देशै भर संचालन गरेको छ ।

टाईफाईड विरुद्धको खोप अभियानमा सामेल गराउन स्वास्थ्इ शाखको विविध अभियान
बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले २३ गते देखी २८ गते सम्म संचालन गरिने टाईफाईड विरुद्धको खोप अभियानमा लक्षीत उमेर समुहलाई सामेल गराउन परिवार लाई निमन्त्रणा कार्ड पठाउने भएको छ । त्यसै गरी खोप कार्ड उपलब्ध गराउने र पोष्टर व्यानर टाईफाईड विरुद्धको खोप अभियान बारे राखिएका जिज्ञासा बारे सहजीकरण गर्ने छौँ बैजानथ स्वास्थ्य शाखा उप संयोजक लक्ष्मी रोकायाले जानकारी गराई । उनले यसका लागि प्रत्येक वडाहरुका स्वास्थ्यकर्मी परिचालन गरिएको समेत बताई ।

 

  • २० चैत्र २०७८, आईतवार प्रकाशित

  • Nabintech