बाँके\नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । साँझ ६ बजे तय गरिएको बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी गराएका छन।
आजको बैठकमा स्थानीय चुनावको लागि पार्टीले तयार पारेको घोषणापत्र, अहिलेसम्म भएका उम्मेदवार सिफारिस र बाँकी रणनीतिमा छलफल हुनेछ । आजै बिहान ११ बजे केन्द्रीय कार्यालयको बैठक पनि डाकिएको छ ।













