६ जेष्ठ २०८१, आईतवार

एमाले कोहलपुरद्वारा वुद्धिजीबीहरुसंग अन्तरक्रिया
  • न्युज मानसराेवर

कोहलपुर\नेकपा एमाले कोहलपुरले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्राध्यापक, शिक्षक तथा वुद्धिजीबीहरुसंग अन्तरक्रिया गरेको छ ।
स्थानीय तह निर्वाचनको तयारी स्वरुप एमालेले यस क्षेत्रका प्राध्यपाक, शिक्षक तथा वुद्धिजीबीहरुसंग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय तहको निर्वाचन २०७९ को लागि नेकपा एमालेको प्रतिबद्धता पत्र निर्माणका लागि छलफल गर्नुका साथै ७ सदस्यीय प्रतिबद्धता पत्र निर्माण समिती समेत गरेको छ । बाँके निर्वाचन क्षेत्र नं.१ का संयोजक बलराम भट्टराईको संयोजकत्वमा सो समिती गठन गरिएको हो । समितीको सदस्यहरुमा वुद्धिजीबी परिषदका केन्द्रिय सदस्य तोयानाथ पहाडी, प्राध्यापक पुस्करनाथ रिजाल, ज्ञानेन्द्र शाही, शिक्षक बाबुराम अधिकारी, बिनोद भट्टराई, निम प्रकाश थापा रहनु भएको छ ।

बैठकले स्थानीय निर्वाचन प्रतिवद्धता विकास गर्नका लागि आज दिउँसो २ बजे नेकपा एमालेबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा वडाबाट निर्वाचित वडा अध्यक्ष, यही बैशाख ३० गते हुने निर्वाचनका लागि वडाबाट सर्वसम्मत सिफारिस भएका वडा अध्यक्षका उम्मेद्वार र पार्टी कमिटीका वडा अध्यक्षहरुहरुको भेला बोलाउने निर्णय समेत गरेको छ । यस्तै आज नै दिउँसो ४ बजे विषयविज्ञहरुसंग छलफल गरिने नेकपा एमाले कोहलपुर नगरकमिटी अध्यक्ष खिल प्रसाद भुषालले जनाएको छ ।

  • ९ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech