११ बैशाख २०८१, मंगलवार

बाँकेको बाल सुधार गृहबाट बन्दी फरार
  • न्युज मानसराेवर

बाँके\ बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ स्थित बाल सुधार गृहबाट एकजना बन्दी फरार भएका छन् । चोरी मुद्दामा दैलेखबाट बाँकेको बाल सुधार गृहमा ल्याइएका १६ वर्षीय सन्देश गुरुङ शनिवार अपरान्ह सवा चार बजे फरार भएका हुन् ।बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्योपानेले भागेका बन्दीको खोजी भइरहेको बताए । बाल सुधार गृहबाट यसअघि पनि बन्दी भागेका थिए । यो समाचार तयार पारुञ्जेलसम्म बन्दी फेला परेका छैनन् ।

  • १० बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech