७ बैशाख २०८१, शुक्रबार

एमाले उम्मेदवार खनाल द्धारा ईदमा शुभकामनाः विविधताभित्रको एकता हाम्रो पहिचान
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिका एमाले बाट  अध्यक्ष पदका उम्मेदवार घननाथ खनालले इस्लाम धर्मावलम्बीहरुको  पर्व इद (इद उल फित्र)  का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

हाम्रा चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहनसहनको संरक्षण र संवद्र्धन गर्न यस पर्वले सबैलाई  प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले यस दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने तथा सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।

  • २० बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech