१५ चैत्र २०८०, बिहीबार

शान्ति समाजद्वारा प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन
  • न्युज मानसराेवर

बाँके\ मानवअधिकार तथा शान्ति समाजले प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाको पक्षमा मंगलबार बुटवलमा प्रर्दशनमा गरेको छ।

‘प्रविधि नियन्त्रित मिडिया’ भन्ने नाराका साथ यो बर्ष दिवस मनाइएको हो।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लेखिएका प्लेकार्ड सहित समाजले बुटवल विपि पथमा प्रदर्शन गरेको हो।  प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रेस स्वतन्त्रता विना लोकतन्त्र जिवित हुन नसक्ने बताए।

उनले प्रेस स्वतन्त्रता लोकतन्त्र, नागरिक अधिकारसँग जोडिएकाले शान्ति समाज सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहने बताए।

संविधान सभा सदस्य बिनोद पहाडीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारको मात्रै सवाल नरहेको बताए। उनले प्रेस स्वतन्त्रता विना नागरिक अधिकार पनि स्थापित हुन नसक्ने बताए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानि प्रसाद पाण्डेले प्रेस स्वतन्त्रता दिवस लोकतन्त्रको आधारभूत मूल्य र मान्यताको मेरूदण्ड भएको बताए। उनले अहिले पनि नेपाली प्रेस राज्य र समाजका विभिन्न अंगबाट असुरक्षित रहेको बताए।

  • २० बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech