१५ बैशाख २०८१, शनिबार

समृद्ध बैजनाथ निमार्णका बाँकी कामहरु पुरा गर्न एमाले उम्मेदवाहरु लाई मतदान गर्रौँः खनाल
  • न्युज मानसराेवर

बैजनाथ \ बैजनाथ गाउँपालिकामा आज विभिन्न वडाहरुमा वडा स्तरीय चुनावी सभाको आयोजना गरिएको थियो ।

प्रचार प्रसारको अन्तिम दिन नेकपा एमाले अध्यक्ष उम्मेदवार घननाथ खनालले अन्तिम प्रभार प्रासरमा समृद्ध बैजनाथ निमार्णका अपुरा कार्यहरु पुरा गर्नाका लागि नेकपा एमाले उम्मेदवाहरुलाई विजयी गराउन अपिल गरेका छन। समृद्ध बैजनाथ निमार्णका आधारभूत विकास भएको बताउदै त्यसलाई संस्थागत गर्दै थप सवजलीकरण गर्नाका लागी एमाले उम्मेदवारहरुको विजयी अनिर्वाय रहेको बताए ।

उनले सुकुमबासी अव्यवस्थित बस्तिहरुको बाँकी व्यवस्थापन र लाल पुर्जा वितरण कार्य गर्नाका लागि समेत एमाले उम्मेदवारहरुलाई मतदात गर्न उनले अपिल गरेका हुन ।

उनले बैजनाथ गाउँपालिका वडा न १ देखी ८ वटै वडामा घरदैलो तथा चुनवी सभामा उक्त कुरा बताएका हुन। त्यसै गरी कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य नन्द विश्वकर्माले गठबन्धमा रहेका दलहरुले विभिन्न बाहनामा जनताहरुलाई गुम्राहमा राख्न खोजेको आरोप लगाएत उनले नेकपा एमाले सरकारले गरेका विकास र समृद्ध नेपाल खुसी नेपालीहरुको आकाक्षा माथी गठबन्धनमा रहेका दलहरुले तुसारा ल्याएको आरोप लगाएका थिए ।

त्यसै गरी कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव रत्न खत्रीले नेकपा एमाले सँग कसैको तुलना हुन नसक्ने बताए ।उनले समृद्धका मुद्धा र आम नागरिकहरुका अधिकार सुनिश्चित गर्नाका लागि नेकपा एमाले मात्र रहेको बताएका थिए ।

उनले विपक्ष उम्मेदवाहरुले आम नागरिकहरुमा भ्रम सृजना गरिहरको आरोप समेत लगाएका थिए । खत्रीले समृद्ध बैजनाथ निमार्णमा नेकपा एमालेको सरकारले मात्र ल्याउन सक्ने आधारणा राखेका थिए ।

त्यसै गरी नेकपा एमाले उपाध्यक्ष उम्मेदवार प्रेम पूर्ण योगीले आम बैजनाथका नागरिकहरुको अधिकार सुनिश्चत गर्नाका लागि र भ्रटचार मुक्त समाज निमार्ण र समृद्ध बैजनाथ निमार्ण गर्नाका लागि एमाले उम्मेदवाहरुलाई मतदान गर्न अपिल गरेकी छिन। कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेदवार वडा सदस्य पदका उम्मेदवाहरुले एमाले उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेका थिए ।

  • २७ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech