२६ बैशाख २०८१, बुधबार

मन्त्री खत्रीलाई बाजागाजासहित स्वागत र सम्मान

खत्रीलाई गैरसरकारी महासंघ बाँकेका तर्फबाट सम्मान

  • न्युज मानसराेवर

नेपालगञ्ज:  लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले विकासको नाममा भौतिक विकास मात्रै नभई मानवीय विकासमा समेत प्रदेश सरकारले प्राथमिकतामा साथ काम गर्ने बताएका छन् ।

मन्त्रीको रुपमा पदभार ग्रहणपछि पहिलोपटक गृह जिल्ला बाँकेमा आएका मन्त्री खत्रीलाई जिल्लाबासीको तर्फबाट विभिन्न सामाजिक संघसंस्थाले स्वागत र सम्मान गरेका छन् ।

फियान नेपाल, खाद्य अधिकार सञ्जाल र स्याक नेपालले आयोजना गरेको खाद्य अधिकार सञ्जालको राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री खत्रीले कृषि र पर्यटनको विकास गर्न सके मात्र आर्थिक विकास र समृद्धि हुने भएकाले प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताए ।

मन्त्री खत्रीले प्रारम्भिक शिक्षा ग्रहण गरेको उनको गाउँ सितापुर २ गौघाटस्थित योगिनी माविले बाजागाजासहित स्वागत, सम्मान र बधाई ज्ञापन गरेको छ । सो अवसरमा मन्त्री खत्रीले आफूले प्रारम्भिक शिक्षा ग्रहण गरेको विद्यालय र आफू बसोबास गर्दै आइरहेको गाउँबासीका अपेक्षा पूरा गर्न पहल गर्ने बताए ।

यसैगरी मन्त्री खत्री नारी विकास केन्द्र नेपालगञ्जले आयोजना गरेको स्वागत, सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा सहभागी भए । केन्द्रको निर्णय अनुसार विपन्न बालबालिकालाई नगद छात्रवृत्ति, कुसन बनाउने तालिमका सहभागीलाई प्रमाणपत्र समेत वितरण गरे । आज नै मन्त्री खत्रीलाई गैरसरकारी महासंघ बाँकेका तर्फबाट सम्मान गरिएको छ ।

  • १५ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech