२६ बैशाख २०८१, बुधबार

नेपालगञ्जमा आजदेखि मेयर तथा उपमेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता

प्रतियोगितामा १० लाख खर्च हुने अनुमान

  • न्युज मानसराेवर

नेपालगञ्ज: नेपालगञ्जमा मेयर तथा उपमेयर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा मेयर कप पुरुष क्रिकेट र उपमेयर कप महिला क्रिकेट हुनेछ । आज शनिवारदेखि सुरु हुने प्रतियोगिता नेपालगञ्जस्थित मंगल प्रसाद माविको खेल मैदानमा खेलाइनेछ । नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो ।

बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा १० लाख खर्च हुने अनुमान गरिएको छ । पुरुष क्रिकेटतर्फ ७ लाख र महिला क्रिकेटतर्फ ३ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । जसमध्ये नेपालगञ्ज उपमहानगरपालिकाले पुरुषतर्फ ५ लाख र महिलातर्फ २ लाख सहयोग गरेको छ । बाँकी अपुग रकम आयोजक बाँके जिल्ला क्रिकेट संघले बेहोर्नेछ ।

प्रतियोगिताका लागि हालसम्म २१ टिम सहभागिताका लागि दर्ता भएका छन् । पुरुषतर्फको विजेता टिमले नगद रु। ७५ हजार र उपविजेताले नगद रु ३५ हजार प्राप्त गर्नेछन् भने महिलातर्फ विजेताले नगद रु २५ हजार र उपविजेताले नगद रु १५ हजार पाउनेछन् । त्यस्तै दुबै पुरुष र महिला टी-ट्वान्टी प्रतियोगिताका प्लेयर अफ द म्याच, बेष्ट बलर, बेष्ट ब्याटर तथा प्लेयर अफ द सिरिजलाई पनि पुरस्कृत गरिेनेछ ।

 

  • १५ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech