१३ बैशाख २०८१, बिहीबार

भारतीय प्रधानमन्त्री मोदी, लुम्बिनीमा ६ घण्टा बसेर फर्कने
  • न्युज मानसराेवर

बाँके\सोमवार नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वायु सेनाको हेलिकप्टरमार्फत आउने भएका छन् ।

जेठ २ गते बुद्ध जयन्तीको अवसरमा नेपाल भ्रमणमा आउन लागेका मोदी बिहान १०:४० बजे लुम्बिनी आएर बेलुका ५ बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

भारतीय वायु सेनाको हेलिकप्टरबाट १०ः४० बजे लुम्बिनी आउने कार्यक्रम तय भएको छ । ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने, १२ः२० परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने, १२ः३० मा प्रधानमन्त्री देउवासँग भेट गर्ने, १२ः४५ मा नेपालको प्रतिनिधिमण्डलसँग घेटघाट गर्ने, १ः३० मा प्रधामन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने, २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने, ३ः३० बजे बुद्ध जयन्ती सेलिब्रेशनमा सहभागी हुने र साँझ ५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

  • १ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech