१४ बैशाख २०८१, शुक्रबार

तिलौराकोटलाई विश्वसम्पाद सूचीमा सूचीकृत गर्ने प्रक्रिया सुरु
  • न्युज मानसराेवर

बुटवल- कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढेको छ। कुदान, गोटिहवा, निग्लीहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरी प्राचिन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा राख्‍ने प्रक्रिया पुरातत्व विभागले अघि बढाएको हो।

सन् १९९७ मा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनोस्कोमा पहलको सुरुआत गरिएको थियो। तर २४ वर्षपछि ठोस रूपमा कदम चालिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए। तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने विषयमा मंगलबार र बुधबार दुई दिने छलफल तथा गोष्ठी लुम्बिनीमा सञ्चालन भएको छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष  भिक्षु मेत्तेय्यको अध्यक्षतामा भएको गोष्ठी तिलौराकोट, कपिलवस्तु प्राचिन सहर विषयमा पुरातत्वविद् रबिन कनिङ्ग हमले कार्यपत्र प्रस्तुत गरेका थिए।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले तिलौराकोट कपिलवस्तुको जग्गाको अवस्था विषयमा युकिन निसिमुरा र टेकुफुमी कुरस ले तयार पारेको कार्यपत्र काइवाइज प्रस्तुत गरिएको छ। पुरातत्वविद् बसन्त बिडारीले तिलौराकोट कपिलवस्तुको ऐतिहासिक परिचय र क्रिस्टोपु कपरले १४ औं शताब्दि अगाडिको कपिलवस्तु तिलौराकोट विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

पुरातत्व विभागले प्रस्तुत गरेको यो कार्यपत्रले अब छिट्टै नै तिलौराकोट विश्व सम्पदा सूचीमा सुचिकृत गर्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।

विश्वमा अहिलेसम्म एक हजार १ सय २१ सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन्। नेपालले १९७२ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा महासन्धिमा हस्ताक्षर गरेको थियो।

  • ३ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech