८ बैशाख २०८१, शनिबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • न्युज मानसराेवर

बाँके\ स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । यो दिन सुनको मूल्य एकैदिन प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलवार सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यो दिन चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घटेको छ । आज न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८०९ दशमलव ७२ डलर पुगेको छ ।

त्यसैगरी, चार दिनदेखि लगातार स्थिर रहेको अमेरिकी डलरको मूल्य बुधवार भने बढेको छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२४ दशमलव ४१ रहेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको मूल्य १२४ दशमलव २३ रुपैयाँ रहेको थियो ।

  • ४ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech