१५ बैशाख २०८१, शनिबार

कोहलपुरमा मेयर आचार्य निर्वाचित
  • न्युज मानसराेवर

बाँके\ कोहलपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकाको मेयरमा कांग्रेसका पूर्ण आचार्य विजयी भएका छन । आचार्य निकटतम प्रतिद्वन्दी एमालेका खिल प्रसाद भुषाल भन्दा १९२८ मत बढी ल्याएर विजयी भएका हुन ।

निर्वाचित आचार्यले १४१३४ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी एमालेका भुषालले १२२०५ मत ल्याएका छन । तेश्रो स्थानमा रहेका माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ९७२५ मत प्राप्त गरेका छन । यस्तै उपमेयरमा कांग्रेसकी संगिता सुवेदी विजयी भएकि छिन । निर्वाचित सुवेदीले १४०७३ मत प्राप्त गरेकी छिन । भने सुवेदीको निकटतम प्रतिद्वन्दी एमालेकी अस्मिता चौधरीले १३१५७ मत प्राप्त गरेकी छिन ।

  • ८ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech