२४ बैशाख २०८१, सोमबार

देशभर बेवारिसे चौपाया कति ?

बढ्दो सहरीकरणसँगै बढिरहेका यस्ता चौपायाको संख्या भने ६० हजार भन्दा धेरै

  • न्युज मानसराेवर

बाँके: पछिल्लो समय सहरी क्षेत्रमा थपिएको समस्यामध्येको बेवारिसे चौपायाले सहरी व्यवस्थापनमा चुनौती थपिंदै आएको छ । सवारी दुर्घटना, ट्राफिक व्यवस्थापन, बोटविरुवा जोगाउन समस्या आएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका काठमाडौं महानगरपालिकाले दक्षिणकाली नगरपालिकासँग मिलेर कान्जी हाउस खोलेर नगर प्रहरीमार्फत व्यवस्थापन गरिरहेको छ ।

वीरगञ्ज महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका,मा पनि बेवारिसे चौपाया ठूलो समस्याको रुपमा रहँदै आएको छ ।  बढ्दो सहरीकरणसँगै बढिरहेका यस्ता चौपायाको संख्या भने ६० हजार भन्दा धेरै रहेको देखिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको कृषि गणना अन्तर्गत सामुदायिक प्रतिवेदनले यस्तो नतिजा देखाएको हो ।

कार्यालयले ६ वैशाख २०७९ देखि १९ जेठ २०७९ सम्म ४५ दिन ‘फिल्ड’ मै पुगेर कृषि गणना गरेको थियो । सोही समयमा गणना क्षेत्रभित्र पर्ने वडाका अध्यक्ष वा सचिवमार्फत अन्तर्वार्ता विधिबाट सामुदायिक प्रश्नावली भराएर तथ्यांक संकलन गरिएको थियो । प्रतिवेदन अनुसार देशभर ६ हजार ३६ वडाबाट विवरण संकलन गरिएको थियो, जसले मुलुकको ९० प्रतिशत भूभाग ओगट्छ ।

  • १४ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • Nabintech