२६ बैशाख २०८१, बुधबार

बाँकेमा रे्याफटिङ्ग गर्दै मनाईयो २२औ अन्तराट्रिय जैविक विविधता दिवश
  • न्युज मानसराेवर

बाँके\  बाँकेमा जैविक विबिधताको अवस्था अध्ययन गर्दै २२ औ अन्तराष्ट्रिय जैविक विविधता दिवश मनाईएको छ । डिभिजन बन कार्यालय बाँकेको आयोजनामा आइतबार राप्तीनदी प्रणालीको जैविक विविधताको अवस्थाका बारेमा अध्ययन गरिएको हो ।

राप्तीसोनारी– १ कुशुमबाट नदीमा र्याफ्टिङ्गको मद्दतले गरिएको सो अध्यनले समग्र जिवको अवस्थाको बारेमा जानकारी हुने भएकोले नदीमा र्याफटिङ्गको प्रयोग गरिएको बताईएको छ । कार्यक्रममा बनस्पती विभागका महानिर्देशक डा.बुद्धिसागर पौडेलले लोप भएर गएको जिव फेरी फर्केर आउन नसक्ने कुरामा जोड दिदै नदीको अवलोकनले धेरै कुराको जानकारी हुने बताए ।

उनले बढ्दो प्रदुषण, बन विनास, अतिक्रमण, विषादीको प्रयोग, ईको सिस्टममा पर्ने प्रभावले गर्दा करिव १० लाख जिवको भविश्य लोप हुने खतरामा पुगेको जानकारी दिदै भने–‘ एउटा मात्र जिव लोप भएर गयो भने त्यो पुन फर्केर आउदैन त्यसैले लोप हुने अवस्था नै आउन नदिनको लागि विषदीको प्रयोग, बन विनास र दोहन गर्ने जस्ता कार्य रोक्दै, संरक्षणमा जोड दिन आवश्यक छ ।’

कार्यक्रममा राप्तीसोनारी गाउपालिकाका नव निर्वाचित अध्यक्ष तप्तबहादुर पौडेलले गाउँपालिकाले संरक्षणको क्षेत्रमा हातेमालो र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

डिभिजन बन कार्यालयका सहायक डिएफो गणेश खड्काले पृथ्वी सबैको साझा घर भएको र सबै मिलेर बस्ने बाताबरण सृजना हामी सबैले गर्नपर्ने कुरामा जोड दिए । उनले जैविक विविधता विज्ञ टोलीको साथमा गरिएको नदीको अवलोकनबाट जिल्लामा जैविक विविधताको अवस्था सन्तोष जनक रहेको बताए ।

सो अवसरमा राप्तीसोनारी गाउपालिका–१ का वडा अध्यक्ष यामबहादुर खड्का, बन विभागका महानिर्देशक डा.राजेन्द्र केसी, उपमहानिर्देशक बिनुकुमारी मिश्र, जेडएसएलका विष्णु थपलिया, ईलम परियोजनाका प्रकाश थापा, बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष गेहन्द्रकुमार खड्का, निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेना, राप्ती सोनारी गाउपालिका विपद व्यवस्थापन शाखालगायतको सहभागिता रहेको टोलीले कुसुमदेखि रेफ्टिङ्ग गर्दै गाभर पुगेको थियो ।

  • ८ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech