१६ असार २०७९, बिहीबार

बैजनाथ गाउँपालिकामा स्वास्थ विमा सम्बन्धि अभिमुखिकरण
  • न्युज मानसराेवर

बाके / बैजनाथ  गाउँपालिकामा स्वास बिमा सम्बन्धि नव निर्वाचित जनप्रतिनिधि र दर्ता सहयाेगीहरूलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएकाे छ ।

बैजनाथ गाउँपालिका स्वास्थ शाखाकाे आयाेजना उक्त एक दिने अभिखुखिकरण कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रमकाे प्राविधिक सहयाेग स्वास्थ विमा बाेड नेपालगन्जले गरेकाे थियाे ।

कार्यक्रम मा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला राेकाय वडा अध्यक्षहरू लगाएत बैजनाथका ८ वटै वडाका दर्ता सहयाेगीहरूकाे सहभागी रहेकाे थियाे ।

कार्यक्रममा बैजनाथ स्वास्थ शाखा प्रमुख लक्षमण राज शाहीले स्वास्थ विमा सम्बन्धि बैजनाथमा संचालन गरिएका कार्यक्रम तथा प्रगति विवरण तथा आगामी आर्थिक वर्षका याेजना बारे जानकारी गराएका छन । कार्यक्रममा विमा वाेड नेपालगन्जका दर्ता अधिकारी रमेश आचार्य लगाएकाे सहभागी जनाएका थिए ।

  • १३ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech