७ बैशाख २०८१, शुक्रबार

सरकारले ल्यायो झण्डै १८ खर्बको बजेट, ५ खर्बको स्रोत अपुग
  • न्युज मानसराेवर

बाँके\ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटका लागि करिब ५ खर्ब रुपैयाँ स्रोत अपुग रहेको अर्थमन्त्री जनार्दन शर्माले बताए । अर्थमन्त्रीले बजेटमा उल्लेख गरेअनुसार चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । यो कूल बजेटको ४२ प्रतिशत हो ।

यस्तै पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत छुट्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा ४ अर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत रकम विनियोजन गरिएको छ । उक्त बजेटका लागि राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ प्राप्त हुने सरकारको अनुमान छ ।

यस्तै ५५ अर्ब ४६ करोड वैदेशिक ऋण तथा अनुदान प्राप्त हुने अपेक्षा छ । यसो गर्दा सरकारलाई ४ खर्ब ९८ अब २६ करोड रुपैयाँ न्यून हुन आउँछ । न्यून हुने रकम वैदेशिक ऋण तथा आन्तरिक ऋणबाट पूर्ति गरिने अर्थमन्त्री शर्माले बताएका छन् ।

  • १५ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech