११ बैशाख २०८१, मंगलवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • न्युज मानसराेवर

बाँके\सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रूपैयाँ तोकिएको छ ।अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको सुन आज प्रतितोला ८०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार २५० तोकिएको महासंघले जनाएको छ ।

  • १८ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech