६ बैशाख २०८१, बिहीबार

बजेटप्रति घ्यूतेल उत्पादक संघद्वारा विरोध, ‘बजेटले स्वदेशी उद्योगलाई संकटतिर धकेल्छ’
  • न्युज मानसराेवर

बाँके\नेपाल वनस्पती घ्यूतेल उत्पादक संघले बजेट स्वदेशी उद्योगको हितमा नआएको भन्दै विरोध गरेको छ ।

संघले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्षको बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्बन गरिएकाले स्वदेशी उद्योग संकटोन्मुुखमा धकेलिएको उल्लेख गरेको  छ ।

साथै उसले बजेटले चाउचाउ, बिस्कुटजस्ता विशेष उद्योगलाई प्रशोधित पाम र पामोलिन तेल आयात गर्न ५ प्रतिशत मात्रै भन्सार महसुल कायम गरेको पनि बताएको छ ।

संघले तेल उद्योगहरुले ल्याउने कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको तर बिस्कुट, चाउचाउ उद्योगका लागि भन्दै पाम र पामोलिन तेल आयातका लागि ५ प्रतिशत मात्रै भन्सार शुल्क तोकिनु नै विरोधाभाषपूर्ण रहेको पनि बताएको छ ।

प्रशोधित सबै प्रकारका तेल आयातमा यसअघि १५ प्रतिशत महसुल तोकिएको थियो । तर अहिलेको बजेटले सीमित केहीलाई लाभ हुनेगरी बिस्कुट, चाउचाउ उद्योगका लागि भन्दै ५ प्रतिशतमा झारेपछि उसले स्वदेशी उद्योगलाई समस्या पार्ने पनि बताएको छ ।

उसले बजेटमा गरिएको व्यवस्थाले कच्चा पदार्थभन्दा बढी मूल्यमा तयारी माल सामान आयात हुने र बिदेशी मुद्रा वढि मात्रामा विदेशीने पनि बताएको छ ।

संघले बजेटमा तयारी वस्तु तथा सामानलाई कच्चा पदार्थभन्दा पनि एक तह कम भंसार महसुल लागू गरिएको भन्दै यसलाई अविलम्व खारेज गर्न पनि माग गरेको छ ।

  • १८ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech