६ जेष्ठ २०८१, आईतवार

दलित गैर सरकारी महासंघले गर्यो दलित समुदाय बाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान
  • न्युज मानसराेवर

बाँके\ दलित गैर सरकारी महासंघ लुम्बिनी प्रदेशले दलित समुदाय बाट निर्वाचत जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ ।
आइतबार  नेपालगञ्जमा आयोजित एक कार्यक्रममा दलित समुदाय बाटनिर्वाचित  प्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै  प्रमुख अथिति खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विश्वकर्मा (तुफान)ले सामाजिक रुपमान्तरणमा जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण रहने बताए । उनले दलित समुदाय बाट निर्वाचित वडा अध्यक्ष कार्यपालिका सदस्यहरुको काधमा समाज रुपान्तरण र विभेदमा परेका समुदायको उत्थान गर्न अभिभारा जनताले प्रदान गरेको   बताए ।

उनले दलित समुदायको राजनितिक रुपान्तरण र शशक्तिकरणमा दलित समुदायका अगुवा बौद्धिक वर्गहरुको भूमिका महत्वपूर्ण हुने बताउदै शिक्षा क्षेत्र र उत्पादन उद्यमशिलतामा निर्वाचित जनप्रतिनिधिहरुले जोड दिनु पर्ने बताए । कार्यक्रममा निर्वतमान खजुरा गाउँपालिका उपाध्यक्ष एक माया विकले बाँके जिल्लामा पार्टीहरुले दलित समुदाय बाट प्रतिनिधित्व गर्ने क्षमतावान युवा नेतृ नेताहरुलाई उचित स्थान दिन नसकेको आरोप लगाइन।  उनले जिल्लामा एक मात्र  पालिका प्रमुखमा उम्मेदवार बनाउनु  र निर्वाचित हुनु  दलित समुदायका लागि सुखद भएको बताईन। यसले अन्य पार्टीका नेताहरुलाई पनि झकझक्याउने विश्वास व्यक्त गरिन् ।

उनले संघियता कार्यान्वयका चरणहरुमा कानून ऐनहरुको  महत्वपूर्ण भूमिका हुने बताउदै थोरै मात्रमा भए पनि दलित समुदायका बाट शिक्षित उम्मेदवार विजयी हुनु भएकोमा हर्षित तुल्याएको बताउदै कानून अनुशरण गर्न सहज हुने विश्वास व्यक्त गरेकी छन।

विकले सामाजिक न्याय र उत्पीडनमा रहेका वर्गहरुको उत्थान गर्न सबैले पहल गर्नु पर्ने उल्लेख गरिन् । त्यसै गरी बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले संघियताको पहिलो चरण पार गर्दै प्राप्त उपलब्धीहरुको उच्चतम उपभोग गर्दै निमार्ण गरिएका कानून ऐन र विकास निमार्णका बाँकी अधुरा कार्य सम्पादन गर्न नव निर्वाचित पदाधिकारीहरुलाई सहज हुने विश्वास व्यक्त गरेकी छन। उनले सोचे जति कार्य सम्दान गर्न नसकेतापनि औषत रुपमा विभिन्न कार्यहरुको थालनी भएको बताईन ।

कार्यक्रममा जानकी गाउँपालिका वर्तमान वडा अध्यक्ष जगदिश हरिन कोहलपुर नगरपालिका कार्यापालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विक , मुक्ति समाज केन्द्रिय उपाध्यक्ष नन्द विश्वकर्मा सुन चादि व्यवसायि महासंघ लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बुद्धि दियाली नेतृ निर्मला सुनार लगाएतले बधाई तथा शुभकामना व्यक्त गरेको थिए ।

कार्यक्रमको समापन गर्दै दलित गैर सरकारी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष डिल बहादुर परियारले दलित समुदाय लाई विश्वास गरेका पार्टीहरु बाट उम्मेदवाहरु विजयी भएको बताए ।

उनले पार्टीहरुमा दलित समुदायको उल्लेखिए सहभागि नभएमा राज्य शप्तामा पुग्न नसकिने बताए ।उनले राज्यका नीति र विभेदको अत्यका लागि विभिन्न पार्टीहरुमा दलित समुदायको सहभागिता बृद्धि हुन आवश्य रहेको बताएका थिए ।

कार्यक्रममा जिल्लाका दलित संघ संस्थाहरुको बाग्लो सहभागिता रहेको थियो । बाँके जिल्लामा दलित समुदाय बाट प्रत्यक्ष निर्वाचित १ पालिका अध्यक्ष ८१ दलित महिला सदस्य ३ वडा अध्यक्ष निर्वाचित  छन।

  • २९ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech