६ जेष्ठ २०८१, आईतवार

स्वालम्बी समुह व्यवस्थापन तालिम सम्पन्न
  • न्युज मानसराेवर

बाँके /बैजनाथ गाउँपालिकामा दुई दिने स्वालम्बी समूह व्यवस्थापन तालिम समापन गरिएकाे छ ।

बैजनाथ गाउँपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएकाे साना किसान उद्यमी सुढृढिकरण परियाेजना अन्तरगत समुह व्यवस्थापन तालिम दिईएकाे हाे ।

तालिम बैजनाथ गाउँपालिका वडा न ३ मयूर महिला समुहमा दिईएकाे थियाे ।

समापन कार्यक्रममा बाेल्दै बैजनाथ गाउँपालिका वडा न ३ का वडा अध्यक्ष निखिल बैगारले समाज रूपान्तर महिला शशत्तिकरण सगै आर्थिक रूपान्तरमा परियाेजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे बताए ।

उनले गाउँपालिका बाट संचालन गरिएकाे परियाेजनाकाे अनुगमन पश्चात् कार्यक्रम थप सृजनशिल रूपमा संचालन गरिने बताएका छन । त्यसै गरि बैजनाथ गाउँपालिका वडा न ५ मा समेत स्वालम्बी समूह व्यवस्थापन तालिम समापन गरिएकाे छ ।

  • ३१ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech