६ जेष्ठ २०८१, आईतवार

सुरक्षित वैदेशिक रोजगार सम्वन्धी जनप्रतिनिधि संग अन्तरक्रिया सम्पन्न
  • न्युज मानसराेवर

बाँके\सकिन्छ स्वदेशमा रोजगार गरौं , बैदेशिक रोजगार जाने नै भए सही सूचना लिएर सीप सिकेर मात्र जाऔं भन्ने नाराका साथ सुरक्षित वैदेशिक रोजगार सम्वन्धी स्थानिय तहका जनप्रतिनीधीहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बातावरण तथा ग्रामिण विकास केन्द्र(इन्रुडेक)को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कोहलपुर नग।पालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले हामिले आफनो देशमा रोजगारको स्थापना गर्न नसकेका कारण युवा पुस्ता वैदेशिक रोजगारको लागी विदेश जान वाद्धय भएका छन् । वैदेशिक रोजगार जानु भन्दा पहिला आफुले के काम गर्ने , र त्यहा के के समस्या आउन सक्छ भन्ने वारेमा राम्रो संग बुझने र सिप मुलक काम सिकेर जादा विदेशी भुमीमा अनाथमा दुख नपाईने भएकाले अव सवै जनप्रति निधिहरुले पनि वडामा यस्ता खालका सचेतना कार्यक्रमका वारेमा जानकारी गराउनु पर्ने वताए ।

यस्तै कार्यक्रममा उपमेयर संगिता सुवेदीले स्वदेशमा रोजगारीको अवसर हुन नसकिरहेको अवस्थामा वैदेशिक रोजगारले तत्काल रुपमा भए पनि वेरोजगार समस्यालाई सम्वोधन गरेको छ , आर्थिक अवस्था चलायमान वनाएको छ । तथापी यो दीर्घकालिन समाधान भने पक्कै हाईन ।त्यसको लागी स्वदेमा नै सिप मुलककाम तालिम लिएर स्वरोगार वन्न आवश्यक भएको वताईन् ।

समाजमा सकारात्मकका साथ साथै नकारात्मक असर पनि पारिरहेको छ । नेपालको उत्पादनशील उमेर समुहका युवाहरु विदेश पलायन भएकाछन् यसलाई रोक्नु पर्ने अहिलेको आवश्यकता भएको वताईन् । यस्तै कार्यक्रमा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद वि.कले  कोहलपुर नगर पालिका क्षेत्र वाट कति मानिस वैदेशिक रोजगारमा गएका छन् त्यसको लागत स्थानिय सरकारले राख्नुपर्ने र अव जानेलाई सिप मुलक काम सिकाउनु पर्ने वताए ।

यसरी सिप सिकेर विदेश गएकाले कमाई पनि राम्रो हुने र दुख पनि नपाउने हुने वताए । कार्यक्रमा कोहलपुर नगरपालिकाका सवै वडाका वडा अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत इन्डुडेक कोहलपुरका अध्यक्ष धर्मलाल रोकाय लगाएतको उपस्थिति रहेको थियो ।

  • २ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech