७ जेष्ठ २०८१, सोमबार

सुरक्षित आप्रावासन (सामी) परियोजनाले गर्यो जिल्लाका पत्रकारहरु सँग अन्तरक्रिया
  • न्युज मानसराेवर

बाँके \ बाँकेमा सुरक्षित आप्रावासन (सामी) परियोजनाले जिल्लाका पत्रकारहरु सँग अन्तरक्रिया  सम्पन गरेको छ ।


सुरक्षित बैदेशिक रोजगार सम्बन्धी (सामी) परियोजनाले जिल्लाका पत्रकारहरु सँग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रमको उदेश्य  सामी परियोजना संयोजक मिरा चौधरीले गरेकी थिइन।
नेपालका ३९ जिल्लाका  १ सय ५६ स्थानीय तहमा सामी परियोजनाले काम गर्दै आइरहेको छ।विशेष गरी बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित गर्नाका लागि विशेष कार्यक्रमहरु मनौपरार्मश सेवा दक्ष सिपमुलक सिपहरु निशुल्क रुपमा प्रदान गर्दै आइरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना(सामी र वातावरण तथा ग्रामीण विकास केन्द्रका (इन्रुडेक बाँकेको आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो ।

सुचनाको सहि जानकारी प्रदान गर्ने सवालहरुमा पत्रकारहरुले खेल्न सक्ने भूमिका बारे  अन्तरक्रिया गरिएको थियो ।

मुख्य रुपमा म्यानपावर व्यवसायीहरुले  उपलब्ध गराउने सुचना (विज्ञापन) प्रकाशन तथा प्रसारण गर्दा सत्य हो की हैन भन्ने कुराको जानकारी हुन आवश्यक हुने अन्तरक्रियामा सरोकारवालाहरुले चासो ब्यक्त गरेका थिए ।

परियोजनाले मनोपरार्मश सेवा बैदेशिक रोजगारी प्रवद्र्धनका निम्ति दक्ष जनशक्तिको उत्पादन सुचना प्रणालीको विकास गरेतापनि स्थानीय तहका सरकारहरुले प्रभावकारी नीति तथा बजेट विनियोजन गर्न नसक्दा लाखौ युवा पुस्ता वैदेशिक रोजगारीमा जान बाध्य छन।

बैदेशिक रोजगारी बाट फिर्ता भएकाहरुलाई स्थानीय तहका सरकारले स्वरोगार बनाउने नीति तथा बजेट विनियोजन गरेको पाईदैन र थप बैदेशिक रोजगार समाजमा  मौलाएको छ। अन्तरक्रिया कार्यक्रमको  निकर्ष थियो ।  परियोजनालाई संघिय सरकारको आर्थिक सहयोग भएतापनि तिन तहका सरकार विच बजेट र नीति निमार्णमा समन्वय र सहकार्य नहुँदा परियोजनाको प्रभावकारी नदेखिने देखिन्छ ।

बैदेशिक रोजगारीमा सुरक्षित रुपमा आर्थिक वर्ष २०७७।७८  सम्म १ लाख ६६  हजार ६ सय १८ जना बैदेशिक रोजगारीमा गएको नेपाल सरकार सँग आधिकारी तथ्याकं रहेको छ ।   यसरी तथ्याकं आउनुमा सामी परियोजनाको महत्वपूर्ण भूमिका रहेको पाईन्छ। त्यसै गरी बाँके जिल्ला बाट   आर्थिक वर्ष २०७७।७८ मा ५ हजार ३ सय ५२ को संख्या  बैदेशिक रोजगारीमा गएको  तथ्याक प्रस्तुत गरिएको थियो ।

  • ३ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech