१६ चैत्र २०८०, शुक्रबार

बाँकेका पालिका बजेट ल्याउने तयारीमा
  • न्युज मानसराेवर

बाँके\ बाँकेका पालिका आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेका छन् । बाँकेका पालिकाहरू असार १० भित्र शुरु गर्नुपर्ने नगर तथा गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव संकलन, माग र आवश्यकता संकलनमा जुटेका हुन् ।

पालिका वडा स्तरबाट योजना ल्याउन विभिन्न टोल तथा बस्तीमा जनप्रतिनिधि तथा कर्मचारी गइरहेका छन् । राप्तीसोनारी गाउँपालिकाले बस्तीस्तरबाट योजना छनोट गरी विभिन्न समितिमा छलफल गरिरहेको छ । योजनाअनुसार स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बसेर बजेटको सीमा निर्धारण गरेर कार्यक्रम ल्याउने अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाले पनि नगरसभाको तयारी शुरु गरेको छ । असार १० गते नगरसभा गर्ने तयारीमा जुटेको प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेतले जानकारी दिए ।

त्यसै गरी बैजनाथ गाँपालिकाले बस्ति स्तरीय योजना छनोट प्रक्रियामा समामेल हुनका लागि टोल टोलमा भेलाहरु भइरहेको  बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले जानकारी गराएका छन। उनका अनुसार टोल भेला केही वडाहरुमा सम्पन्न भइसकेको र केहीमा हुँदै गरेको बताएका छन।

त्यसैअनुरूप विभिन्न छलफल लगायतका कार्य भइरहेका उनको भनाइ छ । बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् ।

  • ४ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech