१२ बैशाख २०८१, बुधबार

दलित महिला संघ (फेडो) बाँकेले गर्यो बैजनाथमा परिचयात्मक कार्यक्रमा
  • न्युज मानसराेवर

बाँके । दलित महिला संघ (फेडो) बाँकेले बैजनाथ गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष  निर्वाचित वडा अध्यक्ष  दलित महिला सदस्य कार्यपालिका सदस्यसँग   परिचयात्मक कार्यक्रम तथा सम्मान  गरेको छ ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले दलित समुदायको अधिकार नेपालको संविधानले नै सुनिश्चित गरेको बताउदै  संविधानले प्रत्याभूत गरेका नागरिक अधिकारको  स्थानीय सरकारले  उच्चतम कार्यान्वय गर्ने  प्रतिवद्धता जनाए ।

शाहीले  दलित महिला संघ (फेडो) संस्थाले गरेका क्रियाकलाहरुमा स्थानीय सरकारको आगामी नीति तथा कार्यक्रमहरु सँग मिल्ने कार्यक्रमहरुमा समन्वय र सहकार्य हुने बताएका छन।

त्यसै गरी कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्क्ष निर्मला रोकायले समाज रुपान्तरणमा दलित महिला संघ (फेडो) बाँकेले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउदै  समाजमा देखिएका विभेदको अत्यका लागि स्थानीय सरकार सधै कटिबद्ध रहेको बताएकी छन।

कार्यक्रममा  दलित महिला संघ फेडो बाँकेले बैजनाथ गाउँपालिकामा  संचालन गरिएका परियोजना बारेमा जानकारी गराइएको थियो ।

दलित महिला संघ (फेडो) बाँकेका अध्यक्ष निर्मला सुनारले दलित समुदाय पिछडा वर्गका अधिकार र जातिय छुवाछुत जस्ता जघन्य अपराध अझै समाजमा विद्यमान रहेको बताउदै त्यसलाई अत्य गर्ने दाहित्व स्थानीय सरकारको रहेको बताइन। उनले न्यायिक पहुँचमा पिछडा वर्गकोहरुको पहुँच हुने वातावरण स्थानीय सरकारले सुनिश्चित गर्न आवश्यक रहेको भनेकी छन।  कार्यक्रममा बैजनाथ गाउँपालिकामा ९ जना दलित महिला साना उद्यमीहरुलाई फेडो बाँकेले नगद २० हजार नगद प्रदान गरेको जानकारी गराइएको थियो ।

  • ५ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech