बैजनाथ\ बैजनाथ गाउँपालिका वडा नं २ मा पहिलो पुस्ता बाख्रा उपहार प्रदान गरिएको छ । स्वालम्वि समूह व्यवस्हथापन तालिम समापन कार्यक्रमका विच उपहार प्रदान गरिएको हो । बैजानथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित कार्यक्रम अन्र्तगत गठन भएको शान्ति महिला समूह जव्दवाले उपहार समूह जुनताराका सदस्यलाई प्रदान गरेका हुन ।
कार्यक्रममा ७ माउ बाख्रा उपहार प्रदान गरिएको हो । यस अघि सोही समूहले १० वटा माउ बाख्रा उपहार प्रदान गरि सकेको छ । कार्यक्रम वडा सदस्य सिता देवि विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सिता विश्वकर्माले गाउँपालिकाकलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमले दिदी बहिनीको जीवनमा ल्याएको अतुलनिय परिर्वतन भएको देख्दा धेरै खुशी लागेको उनले बताइन । नवनिर्वाचित वडा सदस्य शोभा चौधरीले आफू पनि सरस्वती महिला समूहमा आवद्ध हुन पाउँदा आफू निकै नै हर्षित भएको बताइन । वडामा गठन भएका २९ समूहका ७०० जना दिदी बहिनीहरुको सुख दुख मा प्रत्यक्ष संलग्न हुने चौधरीले बताइन । २९ समूहको संयोजक समेत रहेकी शोभा चौधरीले बैजानथ सामाजिक उद्यमी महिला सहकारीका माध्यमबाट महिला उद्यमीको विकास गर्नु पर्नेमा जोड दिइन । बैजनाथ गाउँपालिकाले कृषि तथा पशु वस्तुको बजारिकरणकालागि ढुवानीकको साधन उपलब्ध गरेकाले सम्पूर्ण सदस्यलाई सो मार्फत ढुवानी गर्न उनले अनुरोध समेत गरिन ।
स्वालम्वि समूह व्यवस्थापन तालिम असार ०८ बाट प्रराम्भ भएको थियो भने तालिम सहजिकरण सहजकर्ता सिता जैशी गरेकी थिइन । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र आ.सि.डि.सीको सहजीकरणमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजना गाउँपालिका वडा न २ मा ७०० घरधुरीमा प्रत्यक्ष काम गरि रहेको छ ।
परियोजना मार्फत यस क्षेत्रमा ६० सुधारिएका खोर निमार्ण,२२६ माउ बाख्रा, १८ विउ बोका, ०६ बंगरका पाठी, विभिन्न जातका डाले तथा भुई घाँस, तालिमहरु समूहलाई प्रदान गरिएको छ । ५ सय सदस्यहरु सहकारीमा आवद्ध भई उद्यमीको बाटोमा लम्कि रहेका छन । कार्यक्रम शान्ति महिला समूहका अध्यक्ष जयसरा भण्डारीले समापन गरेकी थिइन । कार्यक्रमा समूहका सदस्य,समूदायका महिला तथा पुरुष र कर्मचारीको सहभागीता रहेको थियो ।