१४ बैशाख २०८१, शुक्रबार

प्रविधिमैत्री शिक्षा स्थानीय सरकारको प्रथम उदेश्यः अध्यक्ष शाही
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिका वडा न १ स्थित सूर्योदय माध्यमिक विद्यालय चिसापानीले नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बैजनाथ गाउँपालिका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई विद्यालयले सम्मान गरेको हो ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत प्राविधिक शिक्षा स्थानीय सरकारको प्रथम उदेश्य रहेको बताएका छन।  शाहीले विद्यार्थीहरुको स्वास्थ्य अवस्थाको मापन गर्नाका लागि  एक मा वि एक नर्स कार्यक्रम  आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आवश्यक बजेट विनियोज गरिने जानकारी गराए ।

शाहीले विद्यालयको पूर्वाधार विकास मा स्थानीय सरकारले ल्याएको बजेटमा समेटिएको जानकारी गराउदै गुणस्तरीय प्रविधियुक्त शिक्षा लाई मध्य नजर गरिने स्वागत तथा बधाइ कार्यक्रममा भनेका छन।

विद्यालयलले नव निर्वाचित गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकाया ,वडा अध्यक्ष रुप ब मल्ल  वडा सदस्यहरुलाई कदर सम्मानपत्र समेत उपलब्ध गराएको थियो ।  तस्विरः सूर्योदय माध्यमिक विद्यालय चिसापानी

  • ११ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech