७ बैशाख २०८१, शुक्रबार

बलात्कार विरुद्ध ६महिने अभियान शुरु
  • न्युज मानसराेवर

बाँके\ महिला मानबअधिकार रक्षक संजाल बाँकेले बलात्कार विरुद्धको हद म्यादविरुद्ध ६महिने अभियान आजबाट शूरु गरेको छ ।

बलात्कार   एक जघन्य अपराध लाई हद म्याद राख्नु नहुने र  त्यस्ता जघन्य अपराध विरुद्ध  राज्यले निश्चित समय तोक्न नमिल्ने  महिला मानब अधिकार रक्षक संजाल बाँकेका पुर्व अध्यक्ष अछरी पोखरेलको भनाइ रहेको छ ।

बलात्कार विरुद्ध चौथो राष्टिय अभियान अन्र्तगत  ७७ जिल्लामा ध्यानाकर्षण पत्र सार्वजनि गने कार्यक्रम सम्पन्न गरिएको छ ।

विगतमा महिला बलात्कार भएको ३५दिनमा प्रमाण सहित उजुरी दिनु पर्ने भन्ने कानुनी प्रावधान रहेकोमा हाल परिर्वतन गरी १ बर्ष राख्न लागिएकोले त्यो १बर्ष पनि तोक्न नहुने भन्दै महिला मानबअधिकार रक्षक संजाल बाँकेले  ७७वटै जिल्लामा ६महिने अभियानको शुरुवात गरीएको हो । असार १२गते दिनको ३ बजे ७७ बटै जिल्लाबाट एकै पटक बलात्कार विरुद्धको हद म्याद हटाउनु पर्ने सन्देश सहित ६महिने अभियान शूरु गरेको संजालका सचिव खीमा रेग्मी ले जानकारी दिइन ।

  • १२ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech