७ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेश भलिबल संघको महासचिवमा केसी निर्वाचित
  • न्युज मानसराेवर

सुर्खेत \ कर्णाली प्रदेश स्तरीय बलीबल संघको महासचिवमा जिल्ला भलिबल  संघ सल्यानका अध्यक्ष खेमराज केसी सर्वसहमत निर्वाचित भएका छन। यसै गरी प्रदेश भलिबल संघको अध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ (सुर्खेत) वरिष्ठ उपाध्यक्ष इश्वर शाही (कालिकोट) उपाध्यक्ष शम्शेर श्रेष्ठ (दैलेख) सचिव धनमाया बोहरा (रुकुम पश्चिम) कोषाअध्यक्ष गणेश विष्ट (जाजरकोटा) निर्वाचित भएका छन।

त्यसै गरी सदस्यहरुमा देज बुढा मगर ( रुकुम पश्चिम) अमृत मल्ल (जाजरकोट) , खगेन्द्र माझी (सुर्खेत) , सविना भाम (मुगु) जीवन श्रेष्ठ (दैलेख) लगाएत १५ सदस्य प्रदेश स्तरीय भलिबल संघ कार्य समिति चयन गरिएको छ । कार्यक्रममा नेपाल भलिबल  संघका केन्द्रिय सचिव श्याम कुमार श्रेष्ठ प्रमुख अथिति विशिष्ट अथिति नेपाल भलिबल  संघका केन्द्रिय सदस्य शोम प्रसाद श्रेष्ठ मंगलको सहभागिता रहेको थियो ।

  • १३ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech