२७ आश्विन २०८१, आईतवार

अधिकारका पक्ष लड्न संघर्ष समिति
  • न्युज मानसराेवर

बाँके\ बाँके जिल्लामा रहेका थारु अगुवाले संघर्ष समिति बनाएका छन् । नेपाली कांग्रेस निकट थारु समुदायहरुले आफ्ना हक, अधिकारका पक्ष लड्न संघर्ष समिति बनाएका हुन् । शनिबार एक औपचारीक कार्यक्रम गरी महेन्द्र थारुको अध्यक्षतामा ४० सदस्यी संघर्ष समिति बनाएका थिए ।

यस्तै बैजनाथ गाउँपालिकाको संयोजकमा पवनकुमार चौधरी, कोहलपुरको संयोजक रामबहादुर थारु र सह–संयोजक दिलकुमारी थारुलाई तोकिएको छ भने राप्तीसोनारी गाउँपालिकाको समिति आइतबार गठन गरिने संघर्ष समितिका अध्यक्ष थारुले बताए ।

यस्तै समिति निर्माण गर्ने क्रममा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समयमा पार्टी नेतृत्वले थारु समुदायलाई उपेक्षा गरेको गुनासो गरेको बताएका थिए ।

सो कार्यक्रममा कांग्रेसका निर्वतमान जिल्ला उपसभापति एवम् महासमिति सदस्य फुलाराम थारु, जिल्ला सचिव सञ्जुकुमारी चौधरी, जिल्ला समन्वय समितिका पुर्व सदस्य गुट्टु थारु, थारु अगुवा सुरेश चौधरी, वडाअध्यक्ष श्रीकृष्ण थारु, दीपेन्द्र चौधरी र कांग्रेसका क्षेत्रीय प्रतिनिधी तथा क्रियाशिल सदस्यहरुको उपस्थित रहेको थियो ।

  • ३२ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech