१३ बैशाख २०८१, बिहीबार

कोहलपुरमा स्लो बाईक प्रतियोगिता सम्पन्न
  • कल्पना कार्की

कोहलपुर\जेसिज सप्ताह २०२२ अन्तर्गत आज ट्राफिक सचेतता सम्बन्धि स्लो बाईक प्रतियोगिता सप्पन्न  गरिएको छ । स्लो बाईक प्रतियोगिता कार्यक्रममा बोल्दै प्रमुख अथिति ईलाका प्रहरी कार्यालयका प्रमुख एन बहादुर मल्लले नागरिक स्वयमले ट्राफिक नियमको पालना गर्दैनन्  तब सम्म सवारी दुर्घटना न्यूनीकरण गर्न कठिन हुने देखिएको बताए ।

दुर्घटना न्यूनीकरण कम गर्न चालकका साथै स्थानीयले पनि ट्राफिक नियमको पुर्ण पालना गर्न गति सिमित गरि आफ्नो तर्फ बाट आफै सचेत रहनु पर्ने  मल्लले  औल्याएका थिए ।

कार्यक्रममा नेपाल जेसिज पुर्ब कार्यकारी उपाध्यक्ष तिर्थ पौडेल ,नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय  उपाध्यक्ष राम प्रसाद पान्डे ,कोहलपुर जेसिज का पुर्ब अध्यक्ष बुद्धि थापा लगायत जेसिजका पदाअधिकारी लगाएतको सहभागिता रहेको थियो ।

ट्राफिक सचेतना कार्यक्रम आफ्नो धारणा राख्दै  कोहलपुर जेसिज बर्ष २०२२ का अध्यक्ष इस्वर शर्माले कोहलपुर जेसिजले हरेक बर्ष सप्ताह ब्यापी कार्यक्रम गर्दै आएकोमाआज ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम अन्तरर्गत स्लो बाईक प्रतियोगिता  संचालन गरिएको बताए ।

उनले  पछिल्लो दिनमा तिब्र गतिका कारण दुर्घटना का घटना बढिरहेको र यस्ता जनचेतनामूलक कार्यक्रमले समाजमा खास गरी युवा पुस्तामा सचेतना अभिबृद्धि हुने विश्वास लिएको शर्माले बताए । ३ गते उद्घाटन गरिएको कार्यक्रमको पहिलो दिन महिला सशक्तिकरण र घरेलु हिंसा न्यनिकरण बिषयक तालीमको आयोजना गरिएको थियो ।

  • ५ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech