६ पुष २०८१, शनिबार

प्रेस युनियनमा ४ सचिव थप्ने सहमति
  • न्युज मानसराेवर

बाँके\नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनमा आकांक्षीहरू बढी देखिएपछि ४ जना सचिवको पद थप गर्ने सहमति भएको छ।शुक्रबार र शनिबार हेटौंडामा हुन लागेको महाधिवेशनअघि आकांक्षी व्यवस्थापनका लागि सचिवको संख्या थप गर्न लागिएको हो। रेडियो, छापा, टिभी र अनलाइन शाखाका लागि एक–एकजना सचिव थप गरिएको हो।

यसअघि ११ जना सचिव हुने प्रावधान राखिएको थियो। प्रस्तावित विधान अनुसार सचिव (खुल्ला)-३, (महिला)-२, जनजाति–१ , आदिवासी १, मधेसी-१, सचिव दलित १, थारू-१ पिछडिएको क्षेत्र-१, गरी ११ जना रहने व्यवस्था थियो।

चार जना थपिने भएसँगै अब युनियनमा १५ जना सचिव हुने भएका छन्। आयोजकको तर्फबाट बिहीबार ८ बजेका लागि पत्रकार सम्मेलन गर्ने तय भएकोमा भोलि ७ बजेका लागि सारिएको छ। पत्रकार सम्मेलन हेटौँडाको पल्पसा प्यालेसमा आयोजना गरिनेछ।

  • ५ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech