१४ बैशाख २०८१, शुक्रबार

बाँके खेलकुद विकास समितिको गम्भीर ध्यानाकर्षण
  • न्युज मानसराेवर

बाँके\ बाँके जिल्ला खेलकुद विकास समितिले आफ्ना बारेमा व्यक्त धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजंग शाह लगायत अन्य पदाधिकारी र सदस्यहरुले विहीबार संयुक्त प्रेस विज्ञप्ती निकालेर मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले क्षेत्रीय समितिका भौतिक संरचनामाथि जिल्ला खेलकुदले आँखा लगाएको आरोप लगाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै के कति कारणले यस्तो भनिएको हो, यसको जवाफ दिनुपर्ने बताएका छन् ।

चन्दले आफूहरुमाथि लगाएको आरोपको घोर भत्र्सना गर्दै जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुले खेलकुदको सर्वाङ्गिण विकासका लागि नेपाल सरकारले आफूहलाई नियुक्त गरेको उल्लेख गरेका छन् । कर्मचारीले आफूहरुलाई आरोपित गर्न नियुक्त नभएको भन्दै उनीहरुले आफ्नो कार्यक्षेत्र र अधिकारबारे राम्रो हेक्का रहेको स्पष्ट पारेका छन् ।

  • १९ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech