८ बैशाख २०८१, शनिबार

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्ने पर्यटक बढे
  • न्युज मानसराेवर

बर्दिया\ बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा सामान्य: बाघ हेर्न उद्देश्यले पर्यटक जङ्गल घुम्छन् । पथप्रदर्शक अनुराम चौधरीले भने, ‘यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा हुन्छ । बाघ देख्दा उनीहरू खुसी हुन्छन् ।’

बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा यो निकुञ्ज परेको बताइन्छ । निकुञ्जको मुख्य क्षेत्र घुम्ने पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

गत आर्थिक वर्षमा १० हजार बढीले निकुञ्ज घुमेका छन् । ‘यो सङ्ख्या हाम्रो लागि सुःखद हो । अहिले बाघ देखिने मौसम भएकाले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ,’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने ।

  • ३० श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech