२६ बैशाख २०८१, बुधबार

एमाले बाँकेको प्रशिक्षण उद्घाटन गरे एमाले उपाध्यक्ष युवराज ज्ञवालीले
  • न्युज मानसराेवर

बाँके\पाँच दलिय महागठबन्धन विरुद्ध आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले बाँकेले कार्यकर्ता परिचालनलाई तिब्रता पारेको छ ।  आज देखी अभियान शुरु गरेकाे अध्यक्ष किस्मत कक्षपतिले बताए ।

खजुराको मिनीपार्कमा जिल्लास्तरीय प्रशिक्षण गरिएको छ । केन्द्रीय सदस्य, केन्द्रीय आयोग, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्ला पदाधिकारी तथा सदस्य, जनसंगठनका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, केन्द्रीय विभाग सदस्य तथा प्रदेश विभाग सदस्य, जिल्ला सल्लाहकार, जेष्ठ कम्यूनिष्ट मञ्चका पदाधिकारी प्रशिक्षणमा सहभागि छन् ।

पार्टी केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सचिव एवम् पार्टी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा, सहइन्चार्ज लिला गिरी, बाँकै इन्चार्ज सूर्य ढकाल, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललगायतका नेताले प्रशिक्षण दिने अध्यक्ष कक्षपतिले दिइरहेका छन् ।

तीन वटै क्षेत्रीय कमिटीको बैठक भदौ ५ गते , सबै प्रदेश क कमिटी बैठक भदौ ६ गते र सबै प्रदेश ख कमिटी बैठक भदौ ७ गते गर्ने, भदौ १ देखि १५ गतेसम्म वडा कमिटीहरुको बैठक, सदस्यता नविकरण,नयाँ सदस्यता वितरण, अखिल, अनेमसंघ, राष्ट्रिय युवा संघ, नेपाल उत्पीडित जातिय मुक्ति समाज र अनेकिसंघ, वडा कमिटीहरु गठन तथा बैठक गरिसक्ने र संगठन विभागले तयार गरि जारी गरेको संगठित सदस्यको परिवारीक विवरण भरी सक्ने लगायतका निर्णय गरैको छ । पार्टी उपाध्यक्ष डिल्ली बिसिले पार्टीले शुरु गरेकाे अभियानबाट निर्वाचनमा गठबन्धन विरुद्ध प्रतिस्पर्धा गर्न कार्यकर्तालाई उर्जा मिल्ने बताए ।

  • ३१ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech