६ जेष्ठ २०८१, आईतवार

बाँके लगाएत देशभर चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
  • न्युज मानसराेवर

कोहलपुर,बाँके :हाल (बुधबार बिहान) बाँके, काठमाडौँ उपत्यकासहित देशैभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही गण्डकी प्रदेशका थोरै तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो पनि मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। यस क्रममा देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।साथै तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुने सम्भावना छ।
महाशाखाको बिहानी बुलेटिनअनुसार राति पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखी मध्यम वर्षा हुने सम्भावना छ। साथै कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना

महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना छ।  ‘अपराह्नति मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ’, उनले भने, ‘हावाहुरी पनि आउन सक्छ।’

मौसम महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ट बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ– देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले  त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार अहिले नेपालमा एकसाथ तीनवटा मौसम प्रणालीको प्रभाव छ।  पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली र वर्षा भइरहेको हो।

  • २६ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech