११ बैशाख २०८१, मंगलवार

अध्यक्ष शाहीले गरे हेफर इन्टरनेशनल नेपालका पदाधिकारीसँग छलफल
  • न्युज मानसराेवर

बाँके \ बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले हेफर इन्टरनेशनल नेपालको प्रधान कार्यालयमा भेटघाट गरेका छन। शाहीले हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम निर्देशक डा तिर्थराज रेग्मी ,निर्देशक दुर्गा केसी लगाएत सँग भेटघाट गरेका हुन ।

यसै गरी खजुरा गाउँ पालिका उपाध्यक्ष मन्जु मल्लले समेत भेटघाट गरेकी छन। भेटघाट कार्यक्रममा गैर सरकारी महासंघका केन्द्रिय सदस्य धर्मलाल रोकाया लगाएतको सहभागिता रहेको थियो ।  हेफर इन्टरनेशनल नेपालले हाल  एक सय २५ वटा देशहरुमा साना किसानहरुको आर्थिक रुपान्तरण  तथा महिला शशक्तिकरणमा काम गर्दै आइरहको छ ।    मुख्य रुपमा  कृषि उत्पादन र उत्पादित बस्तुको बजारीकरणमा  पुशुको नश्ल सुधारमा  काम गर्दै आइरहको छ ।

  • २ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech