१४ बैशाख २०८१, शुक्रबार

वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा सर्वपक्षीय र सर्वदलीय कार्यक्रम सम्पन्न
  • कल्पना कार्की

बाँके\मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बांकेमा व्यवस्थापन संकाय अन्तगर्तको वि.वि.ए कार्यक्रम सन्चालनार्थ सर्वपक्षीय तथा सर्वदलीय कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उपमेर संगिता सुवेदीले कोहलपुरका धेरै विद्यार्थीहरु नेपागन्ज वि वि ए अध्ययनको लागि जाने भएकोले अनिवार्य रूपमा क्याम्पसमा सन्चालान हुनु पर्ने कुरामा जोड दिईन । उनले भनिन क्याम्पसको समग्र विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गरिन ।


उनले क्याम्पसको आफू लगायत नगर प्रमुख पुर्ण प्रसाद आचार्य यहिको पुर्व विद्यार्थी भएकाले पनि क्याम्पसमा आर्थिक,भौतिक तथा शैक्षिक विकास गराउने सवालमा सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरिन । कार्यक्रम नेपाली कांग्रेस कोहलपुर नगर कमिटी सभापति विरेन्द्र कुमार शाहले कोहलपुर लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेश प्रदेशको प्रवेश द्वार कोहलपुर रहेको यहाँ देशक विभिन्न स्थान बाट अध्ययन गर्न आउने र कोहलपुर नजिकै रहेको नौवस्तामा औद्योगिक क्षेत्र स्थापन हुन लागेकोले पनि वि वि ए कार्यक्रम कोहलपुरको लागि आवश्यक रहेको जानकारी दिए । उनले यसका लागि नेपाली कांग्रेस कोहलपुर कार्य समितिले पुर्ण रूपमा सहयोग गर्ने प्रतिवद्द्ता गरे ।

कार्यक्रममा नेकपा माओवाद केन्द्रका नगर अध्यक्ष अवराज खडकाले विगतमा क्याम्पसको समग्र विकासमा सहयोग गरेकोले अब आउने दिनमा पनि आफ्नो पार्टीले पुर्ण रूपमा सहयोग गर्ने धारणा राखे । कार्यक्रममा बोल्दै क्याम्पस सन्चालक समितिका निवर्तमान अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले क्याम्पसमा वि वि ए कार्यक्रम अनिवार्य रूपमा सन्चालन गर्नु पर्नेमा जोड दिए । उनले क्याम्पसमा सबैको प्रयासको कारण काम हुँदै गएको, भावी दिनमा क्याम्पसमा विभिन्न संकायका विभिन्न विषयहरु विश्वविद्यालयले निर्वाध रूपमा सञ्चालन गर्नु पर्ने, यो क्याम्पस संभावना बोकेको क्याम्पस हो त्यसैले पनि यहाँ वि वि ए कार्यक्रम संचालन गर्न अनुरोध गरे ।

कार्यक्रममा क्याम्पस प्रमुख दान बहादुर हमालले क्याम्पसका विविध गतिविधिको बारेमा जानकारी गराएका थिए । जन प्रतिनिधिहरु वडा नं १२ का वडाध्यक्ष सुधन ढकाल तथा कविराम पुलामी मगर लगायतले प्रतिवद्द्ता जाहेर गरेका थिए ।

कार्यक्रममा क्याम्पस सन्चालक समितिका पुर्व अध्यक्ष होम प्रकाश सुवेदी, पुर्व क्याम्पस प्रमुखहरु खगराज पन्त, रमेशचन्द्र अधिकारी, ध्रुव अधिकारी, पुर्व सहायक क्याम्पस प्रमुख सुशील अधिकारी, विभागीय प्रमुखहरु एकराज शर्मा, ज्ञानेन्द्र शाही, खोपिराम वलि, अनुप शाही, उप प्राध्यापक जीवन सिह ठकुरी, टेकेन्द्र कुमार महतरा, नवीन किशोर रत्न लगाएत सम्पूर्ण प्राध्यापकको उपस्थित भएको थियो । कार्यक्रमको सन्चालन भने पुस्करनाथ रिजालले गरेका थिए ।

  • ३१ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech