१९ आश्विन २०७९, बुधबार

कोहलपुरमा व्यवसायी तथा बैंकर्सहरु बिच अन्तरक्रिया
  • न्युज मानसराेवर

बाँके\कोहलपुरका व्यवसायी तथा बैंकर्सहरु बिच समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।  कोहलपुरका व्यवसायी तथा बैंकर्सहरु बिच  कर नीति र बैंकिङ सेवाका विविध सवालमा अन्तरक्रिया तथा छलफल गरिएको हो ।

कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा कोहलपुरका व्यवासायी तथा बैंकसंहरु एक जुट भएर कारोबार गर्नु पर्ने सुझाव दिएका छन् । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमणराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायी र बैंकर्सहरुको सम्बन्ध नङ र मासु तथा माटो र ढुङ्गा जस्तो प्रगाड बन्नु पर्ने व्यवसायी तथा बैंकर्सहरुले बताएका छन।

कार्यक्रममा बोल्दै एनसिसि बैंक जुनियर अफिसर राजमणी पोखरेलले सेवा प्रवाहमा देखिएका समस्या चुनौति र अवसरका बारेमा बोल्दै ब्यापारीक योजनाका साथ मात्र ब्यवसाय संचालन गर्नूपर्ने, अनावश्यक रकम जथाभावी खर्च गर्ने प्रवृतिमा  मितब्ययिता अपनाउन जरुरी रहेकोमा सबैले  जोड दिएका छन।

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech