बाँके\नेपाली कांग्रेस लुम्बिनीले प्रदेश सांसदका लागि तयार गरेको पहिलो सूची सार्वजनिक भएको छ । प्रदेश समितिले तयार गरेको यो सूची करिब अन्तिमजस्तो भएको र केही विवाद भएमा एकदुई जनाको परिवर्तन गर्न सकिने गरी तयार भएको एक पदाधिकारीले बताए ।
३५ जनाको नाम समेटिएको नामावलीमा रुपन्देहीका ५ जना परेका छन् ।
सूचीमा पार्टी केन्द्रीय सदस्य गंगा शाही, नेता परशुराम ढकाल, प्रदेश सहमहामन्त्रीहरु विष्णुप्रसाद खनाल, सहमहामन्त्री निमा गिरी, राजेश आचार्यसहितका प्रभावशाली नेताहरु प्राथमिकतामा परेका छन् । उनीहरू संस्थापनइतर समूहका हुन् ।
केन्द्रमा संस्थापन समूह बलियो रहेपनि प्रदेशमा इतर समूहको बहुमत भएकाले सूचीमा दुवै समूहका मिश्रित छन् ।