२७ आश्विन २०८१, आईतवार

खसी विक्री नहुँदा बाँकेका किसान निराश
  • न्युज मानसराेवर

बाँके\दशैंमा विक्री गर्न पालिएका खसी विक्री नहुँदा बाँकेका किसान निराश भएका छन् ।

यो वर्षको दशैं  लक्षित गरी बाँकेका महिला किसानले एक हजार सात सय खसी विक्री गर्ने लक्ष्य राखेका थिए । तर दशैंमा पाँच सय खसी मात्रै विक्री भएको सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेकी अध्यक्ष वसन्ती सुनारले जानकारी दिइन् । उनका अनुसार, यो वर्षको दशैंमा खसीको माग कम भएका कारण विक्री नहुँदा ग्रामीण क्षेत्रका महिला किसान निराश भएका छन् ।

बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायत गाउँमा महिलाले उत्पादन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँके मार्फत काठमाडौंलगायत बाहिरी जिल्लामा विक्री हुँदै आएका छन् ।

विगतमा काठमाडौंका व्यापारीसँग मिलेर खसी काठमाडौं पठाउने गरिए पनि अहिले त्यो गर्न नसकिएकाले विक्री कम भएको सामाजिक उद्यमी जिल्ला सहकारी संघका व्यवस्थापक नवीन साहुले जानकारी दिए । व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी विक्री गर्दै आएका छन् ।

  • २६ आश्विन २०७९, बुधबार प्रकाशित

  • Nabintech