९ मंसिर २०८१, आईतवार

बैजनाथ स्थित लक्ष्मी प्रथामिक विद्यालयको अवस्था दयनीय
  • न्युज मानसराेवर

बैजनाथ\बाँकेको बैजनाथ गाउँपालिकामा रहेको लक्ष्मी प्रथामिक विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनीय बनेको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ गुरदयालपुरको श्री लक्ष्मी प्राथमिक विद्यालयको अवस्था पनि डरलाग्दो छ ।

भौतिक संरचनाहरु जीर्ण अवस्थामा छन् । बाँके र बर्दियाको मानखोलाको छेउमा रहेको यो विद्यालयको शुरुवाती चरणमा भौतिक संरचना राम्रो हुँदा विद्यार्थी संख्या उल्लेख्य भएपनि पछिल्लो समयमा निजी विद्यालयका कारण विद्यार्थीहरु वर्षेनी घटिरहेका छन् ।

विद्यार्थीहरु भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य अवस्था रहेको स्थानीयहरुको गुनासो छ । अहिले विद्यालयको भौतिक संरक्षण र सुधार हुन नसक्दा विद्यार्थीहरु नै बाध्य भएर निजी विद्यालय रोज्ने गरेको सञ्चालकहरु नै बताउँछन् ।

गुणस्तरीय शिक्षा र सेवा सुविधाको खोज्दै अभिभावकहरु निजी विद्यालय रोज्न थालेपछि विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको बैजनाथ गाउँपालिका– ८ का कार्यवाहक अध्यक्ष शुक्रबहादुर रावतको भनाइ छ । विद्यालय सुधारका लागि हालसम्म कुनै निकायले चासो नदेखाएको प्रधानाध्यापक सुरेशकुमार थारुले जानकारी दिए ।

  • २९ आश्विन २०७९, शनिबार प्रकाशित

  • Nabintech