६ पुष २०८१, शनिबार

नेपालबाट बाहिरियो मनसुनी वर्षा
  • न्युज मानसराेवर

बाँके\यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ। मनसुन सुरु हुनुअघि ठूलो वर्षा हुने र ठूलो जनसङ्ख्या प्रभावित हुने अनुमान गरिए पनि मनसुन पूर्वानुमानभन्दा कमजोर रहँदा प्राकृतिक विपत‍्बाट अनुमानभन्दा कम क्षति पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको थियो। मनसुन सकिने समयसम्म पनि नेपालको पश्चिम भेगमा मनसुन सक्रिय हुन सकेन।

मनसुन अन्त्य हुने सम्भावित मिति असोज १६ गते अर्थात् अक्टोबर २ भए पनि यस वर्ष १४ दिन ढिलो गरेर असोज ३० गते मनसुन पूर्ण रुपमा बाहिरिएको महाशाखाले जनाएको छ।मनसुन बाहिरिने मितिपछि भएको बेमौसमी वर्षाले मनसुन अवधिमा भएकोभन्दा बढी मानवीय क्षति यसपालि पश्चिम नेपालमा भएको महाशाखाले जनाएको छ।

जेठ २२ गते पूर्वी भूभाग हुँदै नेपाल भित्रिएको मनसुन अनुमानित मितिभन्दा १४ दिनपछि असोज ३० गते सम्पूर्ण रूपमा बाहिरिएको थियो।

  • २ कार्तिक २०७९, बुधबार प्रकाशित

  • Nabintech